माइतीघरमा उपस्थित हुन शिक्षक कर्मचारीलाई निर्देशन

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले माइतीघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।
महानगरपालिकाभित्र कार्यरत प्रधानाध्यापकहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको आह्वामा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
संघीय संसद् सचिवालय, संसदमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक २०६० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशै भरिको विद्यालय अनिश्चित रुपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनी सुरु गरेको कार्यक्रमहरुलाई समर्थन गर्दै अर्को सूचना नभए सम्मकालागि यस्तो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० ०९:३३














