News Griha :: न्यूजगृह
जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु 

पाल्पा— बगनासकाली गाउँपालिका–९, चापपानीको भित्री पक्की सडकमा भएको सवारी दुर्घटनामा बुधबार एक जनाको मृत्यु भएको छ ।

तानसेनदेखि बगनासकाली गाउँपालिका–७, खानीगाउँका लागि छुटेको लु १ ज १७५९ नम्बरको जीप र लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।

जीपसँग ठोक्किएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक भट्टराईको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको थप उपचारका लागि हेलिकोप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते सुधनको बेलुकी मृत्यु भएको हो । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:१४
Weather Update