News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले गरे न्यूयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल 

काठमाडौं— संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्यूयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् । 

नेपाली प्रतिनिधिमण्डलको स्वागत तथा सम्मानमा नेपाली महावाणिज्यदूतावासले न्यूयोर्कमा आयोजनामा गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसँग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन् ।

दाहालले ‘महामारी रोकथाम, तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हुन । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालको टोली न्यूयोर्कमा छन् ।   

प्रधानमन्त्री प्रचण्डले आज महासभालाई सम्बोधन गर्दै छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०८:१३
Weather Update