News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्षसँग र अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटीभोल्कले शिष्टाचार भेट गरेकी छिन् । 

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

भेटमा भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियाले छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताएका थिए । 

विद्यार्थीहरू सँगै विभिन्न पेशा र व्यवसायमा संलग्न ठूलो सङ्ख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने बताएको उनको सचिवालयले जनाएको छ । 

राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराएकी थिइन् ।

नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताएकी उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारेसमेत अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएकी थिइन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १८:०३
Weather Update