
काठमाडौं— नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारीसहितका विषयमा प्रस्तावित शिक्षा ऐनमा अस्पष्ट भएको बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तुलाधरले सो कुरा बताएकी हुन् ।
उनले भनिन्,‘हामीले केही चिजहरू संशोधन हुनुपर्छ भनेर सुझावहरू पहिला पनि पेस गरिराखेका थियौं । लामो समयसम्म अस्थायी प्रकृतिका शिक्षकहरू राखिराख्न हुँदैन भन्यौं । धेरै थरीका शिक्षकहरू को नियुक्ति धेरै डोरबाट भयो । हामीले वान डोर सिस्टम त्यो पनि शिक्षक सेवा आयोगबाट परीक्षा लिएर नियुक्ति गरौं भन्यौं,उनले भनिन्, ‘तर विधेयकमा राहत, उच्च मावि, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्रविधिक धार शिक्षा, विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक सबै चिजहरू गोलमटोल तरिकाले आयो ।’
शिक्षा विधेयक सच्याउनुपर्ने माग गर्दै महासंघले आन्दोलन घोषणा गरेको छ ।













