News Griha :: न्यूजगृह
पूर्वपश्चिम राजमार्गमा बम विस्फोट
तस्बिरः भेषराज बस्नेत/रासस

काठमाडौं— पूर्वपश्चिम राजमार्गमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट राजमार्गमा भ्वाङ परेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका— ८ नयाँगाउँ  नजिकैको सडकमा बम पड्किएको हो।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। कुनै क्षति भएको छैन,’ डाँगीले भने, ‘हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’

उनका अनुसार सडक विभागले भ्वाङ पुरेको छ। राजमार्गमा सवारी साधन निर्वाध चलिरहेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:१४
Weather Update