News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सुविधा

काठमाडौं— प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयका कर्मचारी अवकाश हुँदा निजामती सरह सेवा सेवासुविधा दिने उल्लेख छ ।

गत बुधबार संघीय संसद् सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा सो व्यवस्था गरिएको हाे ।

विधेयकमा विद्यालय कर्मचारीको पारिश्रमिक, सेवा, सर्त, तथा सुविधा स्थानीय कानुन बमोजिम हुने उल्लेख छ ।

सो विधेयकमा विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष हुने भनिएको छ ।

उमेर हद पुगेका अवकाश प्राप्त कर्मचारीले अवकाश हुँदा काम गरेको पद वा श्रेणीको समान तहको निजामती सेवाको पद सरह उपदान दिने कुरा विधेयकमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:३०
Weather Update