News Griha :: न्यूजगृह
चिकित्सक संघ र सरकारबीच वार्ता सुरु, को–को छन् वार्ता समितिमा ?

काठमाडौं— नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता सुरु भएको छ । चिकित्सकसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको हो ।

मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा.विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा.बद्री रिजाल, महासचिव डा.सन्जिव तिवारी, सहसचिव डा.लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।

यस्तै सरकारको तर्फबाट डा.विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागि छ ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा ओपीडी सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:१७
Weather Update