News Griha :: न्यूजगृह
चिकित्सकको आन्दोलनले अस्पताल आएका बिरामी फर्किए 

चितवन— चिकित्सकको आन्दोलनका कारण चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामी फर्किएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको छ ।

चिकित्सक उपचार गर्न नआएपछि क्यान्सर अस्पताल परिसरबाट बिरामी बाहिरिएका छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:३२
Weather Update