पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु

मोरङ— पोखरीमा डुबेर शनिबार ग्रामथान गाउँपालिकामा दुई बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार डुबेर घाइते भएको अवस्थामा बिहान स्थानीयले बालिकाहरू लाई फेला पारेका थिए ।
कोशी अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० १५:३८













