शिक्षा विधेयकमा शिक्षक महासंघको असन्तुष्टिका कारण

काठमाडौं— नेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना असन्तुष्टि सार्वजनिक गरेको हो ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो ।
महासंघकी अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरुसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरु बाध्यतावश आन्दोलनमा जान लागेको बताइन् ।
नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही भदौ २७ गते प्रतिनिधिस भामा दर्ता गरेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० ०८:२६













