प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् ।
१८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी न्युयोर्क प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ ।
महासभाको ७८औं सभालाई प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन् ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० ०७:५६













