News Griha :: न्यूजगृह
तालिमप्राप्त कुकुरबाट गैरीगाउँ हत्या घटनाको अनुसन्धान 

काठमाडौं— काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँस्थित चार जनाको वीभत्स हत्या घटना नेपाल प्रहरीले  
तालिमप्राप्त कुकुरबाट अनुसन्धान सुरु गरेको छ ।

गैरीगाउँको दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा गएराति धारिलो हतियारबाट चार जनाको हत्या भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य सुरु गरिएको जानकारी दिए ।

अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको मैनालीले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:०६
Weather Update