News Griha :: न्यूजगृह
अवस्था ठिक नभएका सवारी साधन चलाउने ९ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं—  किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

८० भन्दा बढी सवारी साधनलाई सुरक्षा जाँच गर्दा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जसमा टाटासुमो ४, पिकअप जीप २ र बस, टिपर, हात्ती गाडी १-१ छन् । 

सवारी साधन मर्मत पश्‍चात् तोकिएको जरिवाना तिरेर नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:१७
Weather Update