News Griha :: न्यूजगृह
कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी रेजिशा गोपालीको मृत्यु प्रकणरमा अस्पतालको व्यवस्थापकीय कमजोरी देखिएको बताएका छन् ।

शुक्रबार संसदमा आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले बालिकाको उपचारको क्रममा ज्यान जानुमा व्यवस्थापकीय कमजोरी देखिएको बताएका हुन् ।

कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षीया बालिका रेजिशा गोपालीको आकस्मीक कक्षमा उपचारका क्रममा मृत्यु हुनु दुःखद् भएको उनले बताए ।

उनले दोषीमाथि कारबाहीका लागि सरकार गम्भीर रहेको बताए । ‘सरकारका तर्फबाट यस्ता घटनामा दोषी पाइएकाहरुलाई कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत दिलाउँन चहान्छु,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:२४
Weather Update