News Griha :: न्यूजगृह
यसपालि संविधान दिवसमा विभूषण वितरण नहुने

काठमाडौं— सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।

हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचना रहित बनाउन सरकारले त्यस सम्बन्धी सुझाव कार्यदल बनाउने भएको छ।

राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्दै शुक्रबारको मन्त्रिपरिषद् बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको हो ।  

मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, 'संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने।'

अब त्यसलाई नीतिगत रूपमै सच्याउन मन्त्रिपरिषद् निर्णयबमोजिम तत्कालै सुझाव कार्यदल गठन गरिने जानकारी गृह मन्त्रालय उच्च स्रोतले दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:४६
Weather Update