News Griha :: न्यूजगृह
अमेरिका र चीन भ्रमण टोली सानो बनाएको छु : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणकाे विषयमा संसदलाई जानकारी गराएका छन् ।

शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् । उनले भने,‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले सानो  टोली बनाइएको बताए ।

सो भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतन लगायतका विषयमा महत्त्वपूर्ण साइडलाईन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताए ।

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:५५
Weather Update