पर्वतमा विश्वमै दुर्लभ प्रजातिको सर्प ‘किङकोब्रा’ भेटियो

पर्वत— कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङकोब्रा) भेटिएको छ ।
चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडा अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।
यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १५:५३













