आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं— आज (शुक्रबार) राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मातहतका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघ/संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्।
यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा तय गरिएको छ ।
नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ०६:३३













