News Griha :: न्यूजगृह
भक्तपुरबाट पठाइएका बाल कैदीले उत्पात मच्चाएपछि वीरगन्जको बाल सुधार गृह तनावग्रस्त

काठमाडौं— पर्साको वीरगन्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथिसमेत ढुङ्गामुढा गरेका हुन् ।

मंगलबार राति करिब ८ बजे बाल गृहमा रहेका बाल कैदीबन्दीबीच आपसी विवाद भएको थियो । विवाद चर्केपछि केही बाल कैदीबन्दीले तोडफोड र ढुङ्गामुढा सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

करिब राति ११ बजेसम्मसमेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएनन् । डियुटीमा खटिएका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह आफैँ ठूलो सङ्ख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।

प्रहरी भित्र पसेपछि कैदीबन्दीले पत्रकारलाई बोलाउन आग्रह गरे । त्यसपछि पुगेका पत्रकारसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासो गरे ।

पर्सा प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । भक्तपुरस्थित बाल सुधारगृहमा विवाद गर्दा १८ कैदीबन्दीलाई वीरगन्ज सरुवा गरिएको थियो । उनीहरूले नै त्यहाँ विवाद गरेका हुन् ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०७:०७
Weather Update