News Griha :: न्यूजगृह
सुवास नेम्वाङ सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महसुस गरेको बताएका छन् ।

मंगलबार नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दैअभिभावक गुमाएको महसुस भएको बताए ।

उनले भने ‘म पहिलोपटक सांसद भएर जाँदै गर्दा मैले बोल्ने बोली र मैले लगाउने लुगा पनि राम्रो भएन बदल्नुस् भनेर भन्नुभएको थियो । नयाँ आएका सांसदहरूलाई संसद्को मर्यादा सिकाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो । अभिभावकत्व गुमाएको महसुस भएको छ ।’

थापाले नेम्वाङ एमालेको मात्रै नभइ सबैको साझा नेता भएको बताए । भने,‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ हुनु भनेको टुङ्गिने बाटोतर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होइन, माओवादी, नेपाली कांग्रेस सबैले साझा नेताको रुपमा उहाँलाई सम्झिने गर्छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:०९
Weather Update