News Griha :: न्यूजगृह
लिबियामा विनाशकारी बाढी : २३ सयको मृत्यु
Photo: AFP/BBC

काठमाडौं— लिबियामा आएको विनाशकारी बाढीबाट २ हजार ३०० जनाको मृत्यु भएको छ । हजारौँ बेपत्ता छन् ।

करिब एक लाख जनसङ्ख्या रहेको भूमध्यसागर तटीय शहर डेर्नामा ठूलो विनाश भएको हो ।

आपत्कालीन सेवाहरूले डेर्नामा मात्र दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट गरेका छन् । विनाशकारी बाढीबाट पाँच हजारभन्दा बढी मानिस हराइरहेका छन् भनेर सात हजार घाइते छन् ।

लिबियामा आएको विनाशकारी बाढीले गरेको विनाशबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्‍दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०८:०३
Weather Update