News Griha :: न्यूजगृह
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

काठमाडौं— नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार बिहान हृदयघातका कारणले निधन भएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरिर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १४:३३
Weather Update