News Griha :: न्यूजगृह
काठमाडौं आइपुगे सुवास नेम्वाङका छोरा

काठमाडौं— संविधान सभा अध्यक्ष सुवास  नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् ।

बुबाको निधनको खबर पाएलगत्तै सुहाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । नेम्वाङका जेठा छोरा मिङ्सो पनि युकेबाट नेपाल आउँदै छन् ।

मंगलबार बिहान हृदयाघातबाट निधन भएका सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिनेछ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३१
Weather Update