News Griha :: न्यूजगृह
बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका छोरा

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ । उनका दुई छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो । 
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्छन् ।

१५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए। नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौं मै छन् । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ।

नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:५१
Weather Update