साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ

काठमाडौं— घुस रकमसहित एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित राजापुर नगरपालिका—७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरकी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार लक्ष्मीदेवीले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
उक्त सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
लक्ष्मीदेवीले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १०:०२













