News Griha :: न्यूजगृह
बालविकास केन्द्रको विवरण पठाउन सबै इकाईलाई पत्राचार

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास केन्द्रको संख्याको विवरण पठाउन ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई पत्राचार गरेको छ ।

पछि फरक नपर्ने गरी प्रमाणित प्रति भदौ मसान्तसम्म पठाउन केन्द्रले पत्राचार गरेको हो ।

२०७३ देखि २०७५ सम्म स्रोत अनुमति पाइरहेका मध्ये हाल सञ्चालनमा रहेका बालविकास केन्द्रको संख्या पठाउन केन्द्रको प्रारम्भिक बालविकास शाखाका अधिकृत धनसूदन चौलागाँईले पत्रमा उल्लेख गरेका छन् ।

हेर्नुस् पत्र

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:४६
Weather Update