News Griha :: न्यूजगृह
सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं— संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

हिन्दु परम्पराअनुसार उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए  ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:२७
Weather Update