News Griha :: न्यूजगृह
डडेल्धुरामा अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु 

डडेल्धुरा— डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गएराति अटोरिक्सा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए । 

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:१५
Weather Update