News Griha :: न्यूजगृह
नेम्वाङको शवयात्राको तयारी, यस्तो छ रुट

काठमाडौं— संविधान सभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । 

प्रतिनिधि सभा सदस्य, पूर्व सभामुख एवम् नेकपा एमाले उपाध्यक्ष नेम्वाङको बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । त्यसअघि शवयात्रा हुने छ ।

नेकपा एमालेले शवयात्राको रुट तय गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ ।  

नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदासमेत दिएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको हो  ।  

नेम्वाङप्रति मंगलबार र बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।  

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:०४
Weather Update