प्रधानमन्त्रीले ओढाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।
नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाटमा पुगेका उनले राष्ट्रिय झण्डा ओढार अन्तिम श्रद्धाञ्जली दिएका हुन् । नेम्वाङले नेपाली राजनीतिमा पुर्याएको योगदानको उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान दिएको हो ।
मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।
त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पुर्याइएको थियो । नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १४:२०













