News Griha :: न्यूजगृह
काठमाडौंका नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं— काठमाडौं उपत्यकामा बुधबार राति भएको वर्षाले नदी क्षेत्रमा पानीको सतह बढेको छ ।

काठमाडौंका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र नदी किनारको सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले काठमाडौं उपत्यका भएर बग्ने मनोहरा खोलाले जलसतह सतर्कता तह पार गरिसकेको र वाग्मती नदी पनि जलसतह सतर्कता नजिक रहेकाले यस क्षेत्र वरिपरि बस्ने बासिन्दालाई बिहीबार बिहान १० बजेसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘मनोहरा खोला बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको, वाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाइराखौँ‚’ नेपाल बढी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:१५
Weather Update