News Griha :: न्यूजगृह
 ‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’

गोरखा—  गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि ८/१० वर्ष जति भइसक्यो ।

हिन्दु धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन हिन्दु धर्मालम्बीले घर–घरमा कुश भित्र्याएर मनाउने प्रचलन रहदै आएको छ ।

पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ ।

तर गएको केहीवर्षदेखि कुशेऔँसीको दिन उनको नत पुरोहित नै कुश नै कुशलिएर आउछन् नत उनी आफैं कुशलिन जान्छन् । बरु घरमा देव तथा पितृकार्यमा कुश चाहिए  पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन् ।

‘मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भने,‘घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन् ।’ गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो ।

‘कुशे औँसीको दिनविहानै घरको ढोकामा पुरोहित कुश लिएर आउने र ढोकामादुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणा दिने प्रचलन पुरानो हो’, उनले भने,‘हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि खोज्दै जान छोड्यौ ।’

घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुश किनेर ल्याई कार्यहरु गर्ने गरेको उनको भनाइ छ । बौद्धिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पती हो ।

पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउँछन् ।

‘गाउँघरमा पुरोहितको सङ्ख्या पनि विस्तारै कमहुँदै गएको छ, उनले भने,‘धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुश भित्र्याउने प्रचलन घट्दै गएको हो ।’ 

त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको पुरोहित भट्टराईको भनाइ छ । जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दु धर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्व छ ।

कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहित भट्टराईले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:३७
Weather Update