प्रस्तावित शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दीबारे के भनिएको छ ?
1688303450.jpg)
काठमाडौं— प्रस्तावित संघीय शिक्षा ऐन (शिक्षा विधेयक) संघीय संसद् सचिवालयमा दर्ता भइसकेको छ ।
उक्त विधेयकमा सामुदायिक विद्यालय कर्मचारीका विषयमा विभिन्न व्यवस्था गरिएको छ । जसमध्ये कर्मचारीको दरबन्दी राष्ट्रिय मापदण्डमा निर्धारण भए बमोजिम हुने उल्लेख छ ।
विधेयकमा आयोगबाट सिफारिस भएका कर्मचरीको नियुक्ति स्थानीय तहले गर्ने भनिएको छ ।
विधेयकमा विद्यालय कर्मचारीको पारिश्रमिक, सेवा, सर्त, तथा सुविधा स्थानीय कानुन बमोजिम हुने उल्लेख छ । सो विधेयकमा विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष हुने भनिएको छ ।
उमेर हद पुगेका अवकाश प्राप्त कर्मचारीले अवकाश हुँदा काम गरेको पद वा श्रेणीको समान तहको निजामती सेवाको पद सरह उपदान दिने पनि विधेयकमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० ०९:२९













