सुवास नेम्वाङको शव यात्रा सुरु

काठमाडौं— हृदयघातबाट मंगलबार बिहान निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।
अहिले नेम्वाङको शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।
शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चावहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
शव दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको थियो । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकाले आज सरकारले शोक बिदा दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १०:५१













