मनसुन बाहिरिन अझै केही दिन लाग्नेआइतबार, असोज २८, २०८०

आजको मौसम : देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना आइतबार, असोज २८, २०८० हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दसैँका लागि काठमाडौं छाड्ने बढे, आज एकै दिन ५० हजार बाहिरिए शनिबार, असोज २७, २०८० काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेको छ । हिजो साँझदेखि कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका स्थानबाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
![मनाङ एअर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/manang-air-1689060571.jpg)
मनाङ एअर दुर्घटनाका घाइते पाइलटलाई थप उपचारका लागि भारत लगियो [अपडेट] शनिबार, असोज २७, २०८० हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारको लागि भारत लगिएको छ । शनिबार बिहान सोलुखुम्बुमा मनाङ एअरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सेढाईँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । थप उपचारको लागि सेढाईंलाई भारत लगिएको अस्पतालले जनाएको छ । त्यहाँ नेसनल बर्न...

'प्रहरीले नै अपराधीको संरक्षण गर्यो, गुण्डा लगाएर कुटपिट गर्यो' शनिबार, असोज २७, २०८० प्रहरी प्रशासनले आफूहरूलाई न्याय दिने ठाउँमा अपराधीको संरक्षण गरेको मृतक आरती साहका परिवारले आरोप लगाएको छ ।

माइतीघरमा १२१ दिनदेखि धर्नामा बसेको परिवार नै प्रहरी नियन्त्रणमा शनिबार, असोज २७, २०८० माइतीघरमा १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्राधिकरणले गर्यो मनाङ एअरलाई निलम्बन शनिबार, असोज २७, २०८० प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एअर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको हो ।मनाङ एअरको नाइनएन-एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार हेलिकप्टर दुर्घटनामा परेको थियो । शनिबार बिहान सवा सात बजे उक्त हेलिकप्टर सोलुखुम्बुको लोबुचे भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाशकुमार सेढाइ...

इजरायल-गाजा युद्ध : दक्षिणी गाजाबाट सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जना मारिए शनिबार, असोज २७, २०८० दक्षिणी गाजापट्टी छोडेर सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जनाको इजरायली हवाई आक्रमणमा मृत्यु भएको छ । शुक्रबार बिहान इजरायलले उक्त क्षेत्रका ११ लाख मानिसलाई २४ घण्टाभित्र सहर छोड्न चेतावनी दिएको थियो ।

मनाङ एअरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी शनिबार, असोज २७, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनाङ एअरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ । छोटो समयको अवधिमा उक्त एअरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए ।

मनाङ एअरको हेलिकप्टर दुर्घटना : घाइते पाइलट खतरामुक्त, दुर्घटनाको कारण तीव्र हावा ? शनिबार, असोज २७, २०८० मनाङ एअरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइल प्रकाशकुमार सेडाइको काठमाडौंमा उपचार भइरहेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।

नेपाल प्रहरीका वरिष्ठ सईको हत्यामा संलग्न थप एक पक्राउ शनिबार, असोज २७, २०८० गत साउन ८ गते बागलुङस्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु शनिबार, असोज २७, २०८० गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
![हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारका लागि काठमाडौं ल्याइयो [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/helicopter-1697257331.jpg)
हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटलाई थप उपचारका लागि काठमाडौं ल्याइयो [अपडेट] शनिबार, असोज २७, २०८० प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी सवा सात बजे लबुचेको हेलिप्याड मै दुर्घटना भएको हो । ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो ।









