पर्यटनमन्त्रीद्वारा विमानस्थलमा छड्के, न्यूनतम हवाई भाडा लिन आग्रहसोमबार, असोज २९, २०८०

तीन दिनमा एक लाख ५० हजार जनाले छाडे काठमाडौं सोमबार, असोज २९, २०८० नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै आधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।

दसैँलाई नयाँ नोट साट्न बैंकमा सास्ती सोमबार, असोज २९, २०८० नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरण सुरु गरेसँगै बैंकमा सर्वसाधारणको भीड लागेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकसहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् । तर घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता पनि छ ।

प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कैलालीमा कालोझण्डा सोमबार, असोज २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार कैलालीमा कालोझण्डा देखाइएको छ ।

उपत्यकाबाट तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए सोमबार, असोज २९, २०८० नेपालीको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।

साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा भित्रिए सोमबार, असोज २९, २०८० चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् ।बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।

यी प्रदेशमा दुई दिन वर्षा हुने सोमबार, असोज २९, २०८० यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।यस वर्षको मनसुन एक सय २४ दिन...

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान सोमबार, असोज २९, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।

राष्ट्रिय सभाको बैठक स्थगित सोमबार, असोज २९, २०८० राष्ट्रिय सभाको मंगलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।

कञ्चनपुरमा जंगली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती जडान सोमबार, असोज २९, २०८० जंगली हात्ती नियन्त्रण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ ।हात्तीको बथानले खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो ।

चट्याङबाट जोगिन पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल सोमबार, असोज २९, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।

बैतडीमा असिनापानीले बालीनाली सखाप सोमबार, असोज २९, २०८० बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए ।

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस सोमबार, असोज २९, २०८० बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।









