प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कैलालीमा कालोझण्डा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार कैलालीमा कालोझण्डा देखाइएको छ ।
कैलालीको मसुरीयामा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
प्रधानमन्त्री दाहाल कैलालीको लम्कीमा माओवादीका सुदूरपश्चिम उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रमका लागि सुदूरपश्चिम गएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० १६:११













