नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्काबुधबार, कात्तिक १, २०८०
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा बुधबार, कात्तिक १, २०८० उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति दिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे । बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परिवर्तनले पारेको असरको सामना गर्नुपर्ने...

काठमाडौंका यी तीन सडक आजबाट एकतर्फी बुधबार, कात्तिक १, २०८० काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड बुधबारदेखि एकतर्फी बनाइएको छ । महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाइएको हो ।

इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे बुधबार, कात्तिक १, २०८० दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई घर पठाएको हो । बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

गाजाको एक अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु बुधबार, कात्तिक १, २०८० मंगलबार राति गाजाको अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण भएको छ । उक्त आक्रमणमा परि ५ सय जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । अस्पतालमा युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए ।

इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएकामध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने बुधबार, कात्तिक १, २०८० इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् । मङ्गलबार राति भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमानबाट १८ जना नेपाली नागरिकलाई पनि पठाएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा बुधबार, कात्तिक १, २०८० जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन् ।

आज वर्षा र हिमपातको सम्भावना बुधबार, कात्तिक १, २०८० देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बुधबार, कात्तिक १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको हो ।
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना मंगलबार, असोज ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

हमासले पहिलो पटक सार्वजनिक गर्यो इजरायली बन्धकको भिडिओ मंगलबार, असोज ३०, २०८० हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडिओ सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडिओ हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।

चुनौतीकाबीच पनि नेपाल प्रहरी विश्वस्तरमा ख्याति प्राप्तः प्रधानमन्त्री मंगलबार, असोज ३०, २०८० समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरण सँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व लागेको उनको भनाई छ ।
रातो माटो बेचेर दसैँ खर्च जोहो गर्दै महोत्तरीका महिला मंगलबार, असोज ३०, २०८० दसैँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् ।दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् ।









