News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

थापाथलीस्थित नर्भिक हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको हो ।  

प्रधानमन्त्री दाहाल मंगलबार दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए ।

हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।'

उनलाई वार्डमा भर्ना गरेर उपचार गरिएको थियो । रिपोर्ट सामान्य देखिएसँगै प्रधानमन्त्रीलाई हस्पिटलले डिस्चार्ज गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:३१
Weather Update