News Griha :: न्यूजगृह
हमासले पहिलो पटक सार्वजनिक गर्‍यो इजरायली बन्धकको भिडिओ

काठमाडौं— हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडिओ सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडिओ हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।

भिडिओमा एउटी महिलाले आफ्नो नाम माया शेम भएको बताएकी छन् । उनले आफ्नो उमेर २१ वर्ष बताएकी छन् । त्यस्तै, उनले आफू इजरायलको शोहम शहरको भएकी बताएकी छिन् ।

इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताइन् । उनले भिडिओमा रिहाइको लागि अपिल गरेकी छन् । भिडिओमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ । एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ ।

सेनाले विज्ञप्तिमा भनेको छ, 'यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं।'

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १८:४५
Weather Update