धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पआइतबार, कात्तिक ५, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको धक्का आइतबार, कात्तिक ५, २०८० काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव बिहान ९ बजे आइपुग्दै आइतबार, कात्तिक ५, २०८० इजरायलको किबुज अलुमिममा आतंकारी संगठन हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव आइतबार बिहान काठमाडौं आइपुग्दै छ । कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकोमा आइतबार बिहान ९ बजे आइपुग्न लागेको हो ।

महाअष्टमी पर्व मनाइँदै, राति कालरात्रि पूजा आइतबार, कात्तिक ५, २०८० यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।

फुट्यो एनआरएनए, भयो तीन टुक्रा शनिबार, कात्तिक ४, २०८० ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ । यद्यपि औषचारी घोषणा हुन बाँकी नै छ ।

राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री दाहाल शनिबार, कात्तिक ४, २०८० शनिबार फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्द्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

गाडीमा पेस्तोल लिएर हिँडेका युवक पक्राउ शनिबार, कात्तिक ४, २०८० मोरङको धनपालथान गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित उनलाई शुक्रबार राति पक्राउ गरेको हो ।

दसैँले मेलमिलाप अभिवृद्धि गरोस् भन्दै राष्ट्रपतिले दिए शुभकामना शनिबार, कात्तिक ४, २०८० नेपालीहरूको महान पर्व दसैँको शुभकामना दिँदै शनिबार जारी वक्तव्यमा राष्ट्रपतिले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भनेका छन् ।

मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु शनिबार, कात्तिक ४, २०८० त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गएराति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।

आजको लागि तरकारी तथा फलफूलको मूल्य शनिबार, कात्तिक ४, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो गोलभेँडा ५० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँमा बिक्री भइरहेको छ ।

आज घरघरमा फूलपाती भित्राइँदै शनिबार, कात्तिक ४, २०८० बडादसैँको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

डेढ दशकयता नेपालीमा उत्साह छैन : ज्ञानेन्द्र शाह शुक्रबार, कात्तिक ३, २०८० व्यक्तिगत स्वार्थ, दलीय भागबन्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् ।

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना शुक्रबार, कात्तिक ३, २०८० बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।









