News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं— काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । 

आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।  अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:४८
Weather Update