News Griha :: न्यूजगृह
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना

मकवानपुर— बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् । 

हेटौँडाबाट जुइना जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीन तले भन्ने स्थानमा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १८:१५
Weather Update