News Griha :: न्यूजगृह
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् ।
राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।
अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् : राष्ट्रपति पौडेल
अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् : राष्ट्रपति पौडेल दसैँको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन्, साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’
कस्तो रहला विजयादशमीको दिन मौसम?  
कस्तो रहला विजयादशमीको दिन मौसम?   देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 
प्याराग्लाइडिङ गरेपछि परराष्ट्र मन्त्री साउदले भने— पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ 
प्याराग्लाइडिङ गरेपछि परराष्ट्र मन्त्री साउदले भने— पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ  परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे ।    
पाल्पामा अर्को दुर्घटना, ५ जना घाइते
पाल्पामा अर्को दुर्घटना, ५ जना घाइते पाल्पाको रम्भा गाउँपालिका–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घाँटीमा मासु अड्केर दैलेखमा एक जनाको मृत्यु 
घाँटीमा मासु अड्केर दैलेखमा एक जनाको मृत्यु  घाँटीमा मासु अड्केर आइतबार नौमुले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।
इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार बिहान आइपुगेको हो । चौधरीको शव आइतबार दिउँसो २ः४० बजे...
धादिङमा एकैदिन १२० बढी परकम्प
धादिङमा एकैदिन १२० बढी परकम्प आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रबिन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको  थियो । त्यसपछि सो सङ्ख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पका कारण २० घर भत्किए
भूकम्पका कारण २० घर भत्किए भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटकपटक चार रिक्टरस्केल भन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।
राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना
राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना बडादसैँको अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलाञ्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
धादिङमा चारवटा भूकम्पको धक्का [अपडेट]
धादिङमा चारवटा भूकम्पको धक्का [अपडेट] आइतबार बिहान तीन घन्टाको अन्तरालमा धादिङमा चारवटा भूकम्पको कम्पन महसुस गरिएको छ । आइतबार बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 
Weather Update