News Griha :: न्यूजगृह
प्याराग्लाइडिङ गरेपछि परराष्ट्र मन्त्री साउदले भने— पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ 

कास्की— परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे ।
    
प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने बताए । 
    
सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था (ना) का महासचिव खेम आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १८:१७
Weather Update