News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

काभ्रे— राष्ट्रपति रामचन्द्र पौडेलले पाँचखालस्थित पलाञ्चोक भगवतीको पूजा गरेका छन् । उनी महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै पाँचखाल पुगेका थिए ।

palanchowk-mandir-ramchanda-paudel-1-1697954316.jpgबडादसैँको अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलाञ्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ११:४३
Weather Update