News Griha :: न्यूजगृह
पाल्पामा अर्को दुर्घटना, ५ जना घाइते

काठमाडौं— पाल्पाको रम्भा गाउँपालिका–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

सोमबार बिहान ५ बजेतिर लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा रम्भा गाउँपालिका–४, का २३ वर्षीय कृष्ण सारू, २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिलबहादुर मगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू  घाइते छन् ।

उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पाल्पामा हिजो साँझ भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:२३
Weather Update