उपप्रधानमन्त्री श्रेष्ठलाई आईसीयूबाट सारियो जनरल वार्डमाशुक्रबार, कात्तिक ३, २०८०

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो शुक्रबार, कात्तिक ३, २०८० नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशमा आज हल्का वर्षाको सम्भावना शुक्रबार, कात्तिक ३, २०८० देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान बिहीबार, कात्तिक २, २०८० दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।

दसैँमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने बिहीबार, कात्तिक २, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको दिन टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।
दसैँमा मौसम कस्तो रहला? यस्तो छ पूर्वानुमान बिहीबार, कात्तिक २, २०८० जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । 'दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,' उनले भने ।

‘रामकुमारी झाँक्रीको अभिव्यक्ति सामान्य विषय हो, ठूलो इस्यु नबनाउँ’ बिहीबार, कात्तिक २, २०८० नेकपा एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले एनआरएनए महाधिवेशनमा गरेको भाषणले अहिले माहोल तात्तिएको छ । उनको समर्थन र विरोधमा बाँडिएका छन् । केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् । एनआरएनए अध्यक्ष कुल आचार्य भने झाँक्रीको अभिव्यक्तिबाट खासै...

चीनमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना बिहीबार, कात्तिक २, २०८० स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
![लोकसेवा आयोगले माग्यो कर्मचारी [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/520X390/loksewaaayog-nepal1691632676.jpg)
लोकसेवा आयोगले माग्यो कर्मचारी [विज्ञापनसहित] बिहीबार, कात्तिक २, २०८० लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बिहीबार, कात्तिक २, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

लागूऔषध चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ बुधबार, कात्तिक १, २०८० पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारसमेत छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका- १ का २६ वर्षीय धनकृष्ण रोकाया बुढीगङ्गा नगरपालिका- १० का ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन् ।

‘रअ’ प्रमुखको निमन्त्रणामा दिल्ली जाँदै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख बुधबार, कात्तिक १, २०८० भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख रवि सिन्हाको निम्तोमा उनी भारत जान लागेका हुन् । उनी यही साता ‘रअ’ प्रमुखको निमन्त्रणामा दुई दिनको लागि दिल्ली जान लागेका हुन् ।

सशस्त्र प्रहरी नै ठगी धन्दामा, कम परिमाणमा डिजेल बिक्री गरेपछि पम्प सिल बुधबार, कात्तिक १, २०८० केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भुस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ । बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।









