लागूऔषध चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं— कैलाली प्रहरीले धनगढीबाट चितुवाको छाला र लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारसमेत छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका- १ का २६ वर्षीय धनकृष्ण रोकाया बुढीगङ्गा नगरपालिका- १० का ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन् ।
उनीहरु धनगढीको शहीदगेट नजिकैको एक होटलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० २०:३४













